रवि लामिछानेपत्नी निकिताले लेखिन् यस्तो स्टाटस

काठमाडौं । संचारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले अदालतले न्याय दिने कुरामा विश्वास राख्नुभएको छ । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै प्रहरीको अनुसन्धानलाई सघाईरहेको र अझै पूर्ण रुपमा सघाउने भन्दै न्याय पाउने आस नमरेको बताउनुभयो ।

उहाँको स्टाटस जस्ताको त्यस्तै-

” प्रहरीको अनुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै मरेको छैन । सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ । यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।- रवि लामिछाने
“ We are for TRUTH; We are for JUSTICE”
#proudtobeyourwife# with Rabi Lamichhaneimwithrabilamichhane”

उहाँ अहिले चितवनमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?