ओली–नेपालको विवादप्रति कांग्रेस सांसद दुःखी !

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुःख व्यक्त गरेको छ । बैठकमा नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टीभित्र दुई शीर्ष नेताहरुबीच बढेकोे तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरिएको बताउनुभयो ।

उहाँले देशको आवश्यकतामा समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने समयमा दल भित्रको किचलोले सम्वृद्धितर्र्फ बढ्न बाधा पुग्ने स्पष्ट पार्नुभयो ।

केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओली उपचारकालागि सिंगापुर जानुअघि नेता माधव कुमार नेपाल र ओलीबीच ‘भनाभन’ भएको थियो । पार्टीमा नेताहरुको जिम्मेवारी, वरीयता लगायतका विषयमा असन्तुष्ट रहँदै आउनुभएका नेता नेपाल र पार्टी अध्यक्ष ओली भनाभन भएको थियो । नेता नेपालले पाटीमा पेलेरै अघि बढ्न खोजेको भन्दै ओलीको चर्को आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?