युवराज कँडेलको बयान- शालिकरामलाई कहिल्यै दुःख नदिएको दाबी

काठमाडौँ । शालिकराम पुडासैनी मृत्यु पुडासैनीमा मुछिएका न्युज २४ का पत्रकार युवराज कँडेलले आफूले कहिल्यै मृतक पत्रकार शालिकरामलाई दुःख नदिएको बताउनुभएको छ ।

बयानका क्रममा उहाँले भिडियोमा भने जस्तो मैले कुनै दुःख नदिएको बयान दिनुभयो । उहाँले भन्नुभयो, “निजले ल्याएका समाचारका टिपोटहरुलाई कहिलेकाहीँ निकाल्ने र थप्ने हुन्थ्यो। सोही कुरामा निजले मसँग चित्त दुःखाएको हुनुपर्छ। सो बाहेक अन्य केही कारण छैन।”

बयानका क्रममा युवराजले शालिकराम विवाहित भएको र श्रीमती सम्झनासँग नयाँ बसपार्कतिर बस्छन् भन्ने बाहेक निजको बारेका अन्य केही पनि थाह नभएको बताउनुभयो ।

युवराजले आत्महत्या भन्दा दुई वा तीन दिन पहिले कार्यक्रम निर्माता दिपक बोहोरा र कार्यक्रम सञ्चालक रवि लामिछाने र न्युज २४ का अन्य कर्मचारीहरु समेत भएका बेला क्यामेरामेन अनिल ढुंगलेले मृतक शालिकराम पुडासैनीको प्रेमीकासँग सम्बन्ध बिग्रिएको गुनासो गरेको कुरा सुनाएको बयानमा उल्लेख गर्नुभयो । सोही कुराकानीमा त्यस्तो छ भने प्रहरीकोमा जानु भनेर दिपक बोहोराले भन्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?