कोहलपुरमा ३० करोडको लागतमा पशुवधशाला निर्माण

काठमाडौं । बाँकेको कोहलपुरमा ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ ।

जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका-१२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पशुवधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५ र ७६ मा नगरपालिकाको एक करोड ९७ लाख रुपैयाँ र प्रदेश सरकारको एक करोड ९७ लाख रुपैयाँ गरेर नाली निर्माण तटबन्धन गर्न काम शुरु गर्ने सहमति भएको छ ।

पशुबधशालाको संरचना निर्माणमा २० करोड लागतको अनुमान गरिएको छ ।

नगरपालिकाको आर्थिक विकास समितिका संयोजक डिलबहादुर परियारले हेफर इन्टरनेशनलले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

उनले निबुवामा निर्माण हुने पशुबधशालाको गुरुयोजना तयार भएकाले दुई बिघा जग्गामा पूर्वाधारको काम शुरु भएको जानकारी दिनुभयो । कोलकताको जिकेसन एण्ड एशोसिएट्सले डिपिआरको काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?