औँला पड्काउँदा किन आउँछ आवाज ?

एजेन्सी । तपाई हामीमा अचम्मका बिभिन्न आनीबानीहरु छन् । जुन हामीले जान अन्जानमा दैनिक जीवनमा निरन्तर गरिरहेका हुन्छौँ । यस्तै मध्येको एक अनौठो बानी हो औँला पड्काउनु । के तपाईँले पनि औँला पड्काउनु हुन्छ ? त्यसो गर्दा किन आवाज आउँछ होला ?

यसबारेमा वैज्ञानिकहरुले अनुसन्धानबाट अनौठो कारण पत्ता लगाएका छन् ।

अमेरिका र फ्रान्सका सोधकर्ताहरु भन्छन् की यसको कारण गणितको तीन समीकरणको मद्धतबाट बताउन सकिन्छ । त्यसको मोडल अनुसार हड्डिको जोर्नीमा हुने तरल पदार्थ र त्यसमा बुलबुले अर्थात फोका फुट्ने प्रक्रियाका कारण आवाज उत्पन्न हुन्छ ।

अचम्म र तपाईँ हामीलाई हैरान पार्ने कुरा त के छ भने यस विषयमा निकै लामोे समयसम्म बहस भयो ।

फ्रान्समा विज्ञान विषय अध्ययनरत एक छात्र विनीत चंद्रन सुजा कक्षामा औँला पड्काउँदै थिए । उनको ध्यान त्यसबाट उत्पन्न आवाजमा पुग्यो र उनले त्यसबारेमा पत्ता लगाउने प्रयासमा लागे ।

उनले आफ्ना गुरु डा अब्दुल बरकतसँग गणितीय समीकरणको एक सिरीज तयार गरे जसको सहयोगमा औँला वा जोर्नी पड्काउँदा वा तन्काउँदा किन आवाज आउँछ ? भन्ने तथ्य पत्ता लाग्यो ।

फोका फुट्छ

उनले बीबीसीसँग बाताएका छन्, पहिले समीकरणबाट पत्ता लाग्यो की जव हामी आफ्नो औँला पड्काउँछौँ हाम्रो हड्डीको जोर्नीमा अलगअलग दबाब उत्पन्न हुन्छ ।

दोस्रो समीकरणबाट फरक फरक दबाबबाट फोकाका साइज पनि अलग अलग हुन्छ ।

र तेस्रो समीकरणमा अलग अलग साइजका फोकालाई आवाज निकाल्ने फोकासँग जोडेर हेरिएको छ ।

चंद्रन सुजाले भनेका छन् यी सबै समीकरणबाट एउटा पूरा गणित मोडल बनेको छ, जुन औँला पड्काउँदा किन आवाज निस्किन्छ भन्ने तथ्य बताउँछ । चंद्रन अहिले क्यालिफोर्नियाको स्टेनफोर्ड विश्वविद्यालयमा पोस्टग्राजुयशन गर्दै छन् ।

जव हामीले आफ्नो औँला पड्काउँछौँ वा तन्काउँछौँ त्यससमयमा दबाब पर्छ । फोका वा बुलबुले तरल अवस्थामा हुन्छ । यसलाई साइनोवियल फ्लुड भनिन्छ । औला पड्काउने प्रक्रियामा जोड वा दबाबको मात्रा बदलिन्छ । जसका कारण फोका वा बुलबुले पनि तीब्र रुपमा घट्छ बढ्छ अनि आवाज उत्पन्न हुन्छ ।

बिपरित सिद्धान्त :

यस मोडल अनुसार दुई बिपरीत सिद्धान्तमा एक सम्बन्ध बनेको छ । फोका फुट्दा आवाज आउँछ भन्ने तथ्य यसअघि सन् १९७१ मा पनि आएको थियो । तर ४० वर्षपछि यस नयाँ प्रयोगले नयाँ चुनौती पनि खडा गरेको छ ।

औँला पड्काएको केहीबेरसम्म पनि फोका तरल अवस्थामा नै हुन्छ । उनको यस अध्ययनलाई साइन्टिफिक रिपोर्टस जर्नलमा प्रकाशित गरिएको छ । बीबीसी हिन्दीबाट अनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?