काठमाडौं । वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा बस्ने २२ वर्षीय राकेश थापा क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ सय १० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साथै वीरेन्द्रनगर नगरपालिका-११ धुलिया विट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ९ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन विकलाई समेत सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया