काठमाडौँ, २० पुस । नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा वाम गठबन्धनको एकतालाई जनताले अनुमोदन गरेको बताउँदै दुई पार्टीबीच एकताका लागि शीर्ष नेतृत्वले गृहकार्य शुरु गरिसकेको जानकारी दिए राष्ट्रिय व्यापार संघले बुधबार यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित श्रेष्ठले अनौपचारिक रुपमा दुवै दलका नेताले उच्चस्तरीय छलफल गरिरहेको बताउँदै देशमा वाम शक्तिलाई विभाजन गर्न विभिन्न शक्तिले प्रयत्न गरेकोे भए पनि त्यो सफल हुँदैन भने देशमा स्वदेशी उत्पादनको वृद्धि गरी आयातमुखी व्यवसायलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले स्वदेशमा औद्योगिक व्यवसाय सञ्चालन गर्न सरकारले उद्यमीलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिए काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जीवनराम श्रेष्ठले मुलुकमा रोजगारी वृद्धि गर्न सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए उनले स्थानीय तहमा युवा स्वरोजगार, हस्तकला, उद्यमशीलता तथा घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न सकेमा मात्र देशभित्र अर्थतन्त्र चलायमान हुने विचार व्यक्त गरे राष्ट्रिय व्यापार संघका अध्यक्ष युवराज न्यौपानेले नयाँ सडक तथा त्यस वरपर क्षेत्रका व्यवसायीले सरकारलाई १० प्रतिशत राजस्व तथा महानगरपालिकालाई व्यवसाय कर र स्थानीय कर गरी १२ प्रतिशत कर बुझाउनपर्ने हुँदा आफूहरु दोहोरो मारमा परेको गुनासो गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया