२१ अर्ब लागतमा पोखरामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य ४५ प्रतिशत सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मन्त्री नियुक्त भएपछि पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवलोकनमा पुग्नुभएको हो ।
विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले मन्त्री भट्टराईलाई कार्यप्रगतिविवरण सुनाउँदै धमाधम निर्माण कार्य भइरहेकोले समयभन्दा ६ महिना अगाडि नै काम सम्पन्न हुने दाबी गर्नुभयो । अवलोकनपश्चात उहाँले समय अगावै निर्माण सम्पन्न गरी उदाहरण दिन निर्देशन दिँदै भन्नुभयो, नेपालमा कामै हुँदैन भन्ने सन्देश गलत सावित गर्नुपर्यो ।
विमानस्थल निर्माणले गति लिएसँगै अन्तर्राष्ट्रिय उडान तथा अध्यागमनको जनशक्ति व्यवस्थाका लागि काम सुरु भइसकेको मन्त्री भट्टराईले जानकारी दिनुभयो । चिनियाँ कम्पनी सीएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण निर्धारीत समयअगाबै पुरा हुन्छ । यसमा देखिएका केहि कमीकमजोरी आवश्यक सरसल्लाह गरेर हामी हटाउँछौँ ।
पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माणका विषयमा स्थानीय सरोकारवालादेखि जिल्ला तहका नेता, प्रदेश सांसद र प्रदेशका मन्त्रीहरुलाई डाकेर छलफल गर्नुभएको थियो । यसअघि गत साउनमा उहाँले भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षण गर्नुभए्को थियो । फाईल फोटो
यो समाचार पढ्नुभएको थियो ?
पर्यटनमन्त्री योगेश भट्टराई निर्माणाधिन विमानस्थलमा, ‘डेडलाईन’ सम्झाउँदै यस्तो निर्देशन
बल्ल पूरा गरे ओलीले बाचा, को हुन् नवनियुक्त मन्त्री योगेश भट्टराई ?
नेपाली आकाशबाट देखिएका लोभलाग्दा १० दृश्य (फोटोफिचर)
यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया