नागढुंगा नाकालाई व्यवस्थित बनाउन कुनै कसर बाँकी राख्दैनौँ : मेयर घनश्याम गिरी

appharu
0
Shares

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले काठमाडौँ मूख्य प्रवेशद्वार नागढुंगा नाकालाई व्यवस्थित बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

चन्द्रागिरी महिला जागरण समूहदुवारा आयोजना गरिएको प्रथम वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रममा उहाँले सबैको चिन्ता र चासोको विषय रहेको यस नाका र पुरा नभएको सडकको स्तरोन्नती काम यथासक्य व्यवस्थित गरी सम्पन्न बनाउन लागिपरेको बताउनुभएको हो । महिलाहरुको महान् चाड तिजको अवसरमा चन्द्रागिरी महिला जागरण समूहलाई शुभकामना व्यक्त गर्दै उहाँले संस्कृतिको जर्गेनासँगै हरेक सामाजिक क्रियाकलापमा महिलाको भूमिका खोजिनुपर्ने र सहिलाहरु सशक्त रुपमा अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

समाज समृद्ध भए सिंगो राष्ट्र समृद्ध बन्ने बताउँदै उहाँले भन्नुभयो, ”समाजका आवश्यकता समस्या तथा योजनाहरुलाई तपाईहरुले अघि सार्नुहोस् । रोजगारीका अवसरलाई ल्याउनुहोस् हामी विभिन्न कार्यक्रम बनाएर महिला सशक्तिकरणका लागि जहिल्यै पनि तयार छौँ ।”

कार्यक्रममा नेपाल शिक्षक संघ काठमाडौँ जिल्ला महिला उपाध्यक्ष मनमैया गिरी,
संगम नारी महिला समूहकी अध्यक्ष फूलमाया न्यौपाने, बिहानी बचत तथा ऋण सहकारी सस्था लि. कि अध्यक्ष हिममाया पौडेल लगायत विभिन्न संघसंस्थाका महिलाहरुको उपस्थिती थियो । कार्यक्रमका बक्ताहरुले महिला र पुरुष बरोबरी नेतृत्वको विषयमा जोड दिएका थिए । कार्यक्रमकी सभापति तथा समूहकी अध्यक्ष विमला पोख्रेलले महिला जागरणका निम्ति आफ्नो चेतनामा नै परिवर्तन गरी स्वस्फूत जागरण ल्याउन अनुरोध गर्दै स–साना परिवर्तनका सकारात्मक काममा पाईला चाल्न दिदीबहिनीलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो समाज परिवर्तनका लागि जागरण समूहले चालेको यो पाईला अब लम्किनुपर्छ ।

कार्यक्रमका बिच उत्कृष्ट ऋणी, उत्कृष्ठ बचतकर्ता तथा जेष्ठ सदस्यलाई सम्मान प्रदान गरिएको थियो । साधारणसभा सकिएपछि उपस्थित दिदीबहिनी मिलेर तिजको लहर आयो बरीलै भन्दै नाचगान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?