वीरगञ्ज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वीरगञ्ज महानगरपालिकाका मेयर तथा जनप्रतिनिधिविरुद्ध प्रदर्शन गरेको छ । राजपाको नगरस्तरीय समितिले मेयर विजय सरावगीले चुनावताका गरेका घोषणा पूरा नगरेको भन्दै विरोद प्रदर्शन गरेको हो ।
निर्वाचन भएको दुई वर्षसम्म लामखुट्टे, छाडा पशु चौपाया नियन्त्रण गर्न नसकेको, गायत्री महायज्ञको हिसाब सार्वजनिक नगरेको, सफाइमा सुधार नआएको, भ्रष्टाचार र अनियमितता बढेको भन्दै राजपाले प्रदर्शन गरेको हो ।
‘सानालाई ऐन ठूलालाई चैन, बढाइ कर सुतेका छन् मेयर, बन्द गरी नयन’ ‘वीरगञ्ज महानगर भ्रष्टाचार र अनियमितताले हुँदैछ ग्रस्त, जनप्रतिनिधि सुविधा र कर बढाउनमै मस्त’ लगायतका नारा लेखेका व्यानर बोकेर उनिहरुले प्रदर्शन गरेका थिए ।
रातो बंगला परिसरबाट शुरु भएको प्रदर्शन घण्टाघर, माईस्थान, आदर्शनगर हुँदै वीरगञ्ज महानगरपालिकामा पुगेको थियो । महानगरपालिकामा उनीहरुले नगर प्रमुख सरावगीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया