प्रदेश ३ को संसदबाट सूचनाको हक सम्बन्धी विधेयक पारित

हेटौंडा । प्रदेश ३ कोे प्रदेशसभा बैठकले २ वटा विधेयक बहुमतले पारित गरेको छ । बुधबार बसेको बैठकले प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था विधेयक, २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण विधेयक, २०७६ बहुमतले पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हक सम्बन्धी विधयेक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राष्ट्रिय वनको संरक्षण सम्बन्धी विधेयक पारित गर्न प्रस्ताव गर्नुभएको थियो ।

प्रदेशसभाका सदस्यहरुले सूचना हकलाई सर्वसाधारण नागरिकसम्म पहुँच र्पुयाउन र आदिवासी जनजातिहरुको मातृ भाषामा बुझिने गरी सूचना प्रवाह गर्न कार्यदल बनाउनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?