यू-१९ एसिया कप: दोस्रो अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि श्रीलंकामा रहेको नेपाली यू-१९ क्रिकेट टिमले आज (बिहिबार) दोस्रो अभ्यास खेल खेल्दैछ ।

पहिलो अभ्यास खेलमा पराजित नेपालले दोस्रो अभ्यास खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियासँग खेल्दैछ । खेल सुरे क्रिकेट मैदानमा हुनेछ ।

बादुरेलियापछि नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा चिल मारियन्ससँग खेल्नेछ ।

कोलम्बोमा मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब सिङहलेस क्रिकेट क्लब (एसएससी) को यू-२३ टिमसँग ३ विकेटले पराजित भएको थियो ।

एसीसी यू-१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगितामा नेपालले आयोजक श्रीलंकासँग खेल्दै एसिया कपको सुरुवात गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?