किशोर-किशोरीलाई सचेत बनाउन शुरु भयो ‘म अघि बढ्छु’ कार्यक्रम

काठमाडौं । किशोर-किशोरीलाई सचेत तुल्याई सबल नागरिक बनाउने लक्ष्यका साथ प्रदेश नं १ मा शुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम पाँचथरमा समेत शुरु भएको छ ।

लागुऔषध दुव्र्यसनबाट युवा जमातलाई मुक्त राख्ने, उनीहरुलाई सामाजिक विकृति विसङ्गतिविरुद्ध अभियान चलाउन अभिप्रेरित गर्ने र विपद् व्यवस्थापनका लागि सबल जनशक्ति उत्पादन गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम शुरु भएको हो ।

पाँचथरमा बुधबार जिल्लाका ९४ सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई कार्यक्रम सञ्चालनबारे अभिमुखीकरण गर्दै कार्यक्रम शुरुआत गरिएको कार्यक्रमका पाँचथर संयोजक श्रीप्रसाद माङयुङले जानकारी दिनुभयो ।

प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुरु गरेको यो कार्यक्रमले जिल्लाका ९४ माध्यमिक विद्यालयका सामाजिक विषयमा शिक्षकहरुलाई ‘शिक्षक नायक’को रूपमा छनोट गरेर अभिमुखीकरण सम्पन्न गरेको छ ।

जिल्लाका ८२ सामुदायिक र ११ संस्थागत माध्यमिक विद्यालयका शिक्षक नायकहरुलाई भेला गरी कार्यक्रम सञ्चालनबारे जानकारी गराइएको हो । अब विद्यालयमा शिक्षक नायकको पहलमा ‘सगरमाथा टिन्स क्लब’ गठन गरी उद्देश्यअनुरूप काम अघि बढ्ने भएको कार्यक्रमका प्रदेश संयोजक नवराज राईले जानकारी दिनुभयो ।

तेह्र वर्षदेखि १९ वर्षसम्मका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । प्रदेश नं १ का १४ वटै जिल्लामा सञ्चालन हुने कार्यक्रमले करीब दुई हजार विद्यालयका दुई लाख बढी विद्यार्थीलाई समेट्ने लक्ष्य लिइएको कार्यक्रम संयोजक राईले बताउनुभयो ।

कक्षा ९ देखि १२ सम्म अध्ययनरत करीब दुई लाख विद्यार्थीलाई जिम्मेवार, चरित्रवान, सभ्य, सिर्जनशील बनाउँदै सामाजिक उत्तरदायी र समतामूलक समाज निर्माणमा सहयोगी बनाउन मद्दत पुग्ने विश्वास लिइएको राईको भनाइ छ ।

वार्ता भएपछि केही समस्या समाधान होला भनेर सोचेका हुम्लीवासी सीमा सुरक्षा वार्ता असफल भएपछि निराश भएका छन् ।

सीमा वार्ताको बैठक चिनियाँ सीमा प्रहरीचौकी सेरामा बसेको थियो । हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई र चिनियाँ पक्षको पुराङ्ग काउण्टीका सिडिओ किउसीले नेतृत्व गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?