बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् ।

काठमाडौँको बौद्धमा लुकाएर राखिएको अवस्थामा रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौं महानगरपालिका-६ रामहिटी बौद्ध बाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु घर भएका श्यावा लामा र योन्देन ग्याम्बु रहेका महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?