सागका लागि ३५ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टोलीको घोषणा, को–को छनौट भए ?

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग)को १३ औँ संस्करण अन्तर्गत क्रिकेट खेलका लागि प्रारम्भिक नेपाली क्रिकेट टोली घोषणा भएको छ । आगामी मंसिरमा हुने सागका लागि पहिलो चरणको प्रशिक्षणमा ३५ सदस्यीय प्रारम्भिक क्रिकेट टोलीको घोषणा गरिएको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनौट गरेका हुन् । टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र कुमार मुखिया, प्रदीप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितनारायण राजवंशी, विक्रम सोब, इशान पाण्डे र करण केसी रहेका छन् ।

यस्तै, मोहम्मद आशिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, रित गौतम, सन्दीप जोरा, पवन शर्राफ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आरिफ शेख, सुशन भारी, अनिल कुमार साह, अभिनास बोहरा, सन्दीप लामिछाने, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र सहाब आलम पनि टोलीमा छन् ।

क्रिकेट टोलीले आगामी आइतबार साग लक्षित प्रशिक्षण सुरु गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?