विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश हुँदै

काठमाडौँ । विवादित मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रियसभामा पेश हुँदैछ । नेकपाका नेता तथा सांसद सुवाचन्द्र नेम्वाङ्गको पहलमा विधेयकका विवादित प्रावधान संशोधन गर्न सरकारले पूर्वसहमति जनाएपछि विधेयक दर्ता भएको तीन महिनापछि राष्ट्रियसभामा पेश हुन लागेको हो । विधेयक गएको वैशाख २७ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।

विधेयक दर्ता भए लगत्तै नेपाल पत्रकार महासंघसहित सरोकारवालाले आन्दोलन गरेका थिए ।

आन्दोलनपछि सत्तारूढ दल नेकपाले पत्रकार महासंघका पदाधिकारीसँग औपचारिक र अनौपचारिक छलफल गर्दै संशोधन गर्ने वचन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?