विश्वकपका लागि नेपाली फुटबल टिमको घोषणा

काठमाडौं । कतारमा आयोजना हुन लागेको सन् २०२२को फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेत र चाइनिज ताइपेसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार कुवेत र ताइपेसँग खेल्ने २३ सदस्सीय टोलीको घोषणा गरेको हो । नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा खेल्नेछ । यस्तै ताइपेसँग भदौ २४ गते उसैको मैदानमा खेल्नेछ ।

मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको टोलीमा नियमित सदस्य तथा कप्तान विराज महर्जन टिममा अटाएका छैनन् । कप्तान बिराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

नेपाली टिम:

गोलकिपर: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर: सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर: रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई

फरवार्ड: विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?