एकाबिहानै गयो ६ दशमलव १ रेक्टर स्केलको भूकम्प

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । आज बिहान जापानको होक्काइडोलाई केन्द्रविन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्प नेपाली समय अनुसार विहान साढे ६ बजे गएको जनाइएको छ ।

भुकम्पका कारण हालसम्म कुनै क्षति नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?