चितवनका एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक खोलेर अश्लिल स्टाटस

काठमाडौं । चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक आइडी खोली ‘अश्लिल स्टाटस’ राखिएको भन्दै चितवन प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । एसपी मल्लको नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जना पक्राउ परेको भोलिपल्ट साउन ३१ गते एसपी मल्लको नाममा उक्त नक्कली फेसबुक आईडी खोलिएको बताइएको छ । जसबाट मल्लको चरित्र हत्या हुनेगरी विभिन्न फोटो र स्टाटसहरु हालिएका छन् ।
रवि लामिछाने पक्राउ परेसँगै रविका समर्थकले एसपी मल्लविरुद्ध नाराबाजी लगाउँदै राजीनामाको माग समेत गरेका थिए ।

आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले खोलिएको नक्कली अकाउन्टबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समेतबाट अनुसन्धान भइरहेको बताउँदै एसपी मल्लले घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरमा ल्याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?