बुटवल–छोरीको हत्या गर्ने बावुलाई १९ बर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको गैडहवा गाउँपालिका बडानम्बर ६ गुलरिया बस्ने पूर्णवासी लोनियालाई आफ्नै १५ बर्षिय छोरीको हत्या गरेको अभियोगमा प्रकाउ गरिएको छ ।
प्रहरीका अनुसार ६३ बर्षिय लोनीयाले २०५४ साल साउन २३ गते घरमा छोरी १५ बर्षिय कान्ती लोनीयालाई हत्या गरेर फरार रहेका थिए । उनले आफनो घरमा हत्या गरी घरदेखि अन्दाजी १ किलोमिटर टाढाको दुरीमा रहेको घाटमा आफैले बोकी लगी खाल्टो खनी पुरेको प्रहरीले अनुसन्धानबाट खुलेको थियो ।
हत्या गर्नु अधि पनि छोरीलाई पटक पटक कुटपीट गरेको स्थानीयले देखीका थिए । कर्तब्य ज्यान मुद्धामा अनुसन्धान सम्पन्न भई मिसिल जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा पेश गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा मुद्धा दायर भएको थियो । उनि १९ बर्षदेखी फरार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया