काठमाडौं–नेपालगञ्जबाट दैलेखतर्फ लगिएको भनिएको १५० गाईहरु मध्ये सुर्खेतको कटकुवा भन्ने ठाउँको जङ्गलमा शुक्रबार बिहान २३ वटा गाई मृत अवस्थामा भेटिएको र केही गाइहरु घाइते अवस्थामा रहेको भन्ने समाचार प्रति राप्रपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकैपटक ठूलो संख्यामा मृत भेटिनु दुखद, शंकास्पद र निन्दनीय उल्लेख गरिएको छ।
यस घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग राप्रपाले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया