अमेरिकी युट्युब स्टार लोगेन पलले आफ्नो एक भिडियोमा शब देखाएकोमा माफी मागेका छन् । यो भिडियोमा उनले जापानको ओकिगाहारा जंगलमा एक व्यक्तिको शब देखाएका थिए, जसले आत्महत्या गरेका थिए । पलले यो भिडियो आफ्ना साथीसँग शुटिङ गरेका थिए, जसमा उनी हाँसिरहेको अवस्था देखिएका थिए भिडियो अपलोड गरेपछि उनको इन्टरनेटमा नै कडा आलोचना भएको थियो । केही मानिसहरुले यसलाई ‘अपमानजनक’ र ‘घिनलाग्दो’ काम भएको बताए । त्यसपछि उनले भिडियो हटाएर माफी मागेका हुन् । उनले माफी माग्दै उनले आफ्नो उद्देश्य आत्महत्या रोक्न जागरुकता फैलाउन भएको र नकारात्मकता फैलाउनु नभएको बताए ट्विटरमा एक भिडियो पोस्ट गर्दै उनले भनेका छन्, ‘त्यो जंगलमा शबै शब भेटिएर हैरान नै परेको थियो, यसकारण म बाट यो गल्ती भयो । मैले यो भिडियो पोस्ट गर्नु हुने थिएन । जसरी त्यो शब भेटियो, मैले त्यहाँ क्यामरा हटाउनु पर्ने थियो र रेकर्डिङ बन्द गर्नुपर्ने थियो । म केही विषयलाई अलग तरिकाले गर्न सक्ने थिए । म आफैंलाई लज्जाबोध भयो ।’तर जापानको यो जंगल कुन थियो, जसलाई ‘सुसाइड फरेस्ट’ अर्थात आत्महत्या गर्ने जंगल’ भनिन्छ । ओकिगाहारा जंगलमा शब पाउनु सामान्य कुरा हो र यहाँ हरेक वर्ष दर्जनौं मानिसहरुले आत्महत्या गर्ने गर्दछन् यो जंगल टोकियोबाट करिब १ सय किलोमिटर टाढा माउन्ट फुजीको उत्तरपश्चिमी बेस क्याम्प नजिकै रहेको छ । यहाँ हरेक बर्ष ५० देखि १ सय मानिसहरुले आत्महत्या गर्दछन् यो जंगलमा यति ठूला र घना रुख रहेका छन् कि हावा समेत ठीक ढंगले आउँदैन भने जंगली जनावर समेत नबस्ने भएकाले यो जंगल शान्त जंगल हो भने केही चट्टानी गुफा छन् अमेरिकाको सन फ्रान्सिस्कोको गोल्डन गेट ब्रिजजस्तै यो जापानी जंगल पनि त्यसो जंगलमा पर्दछ जहाँ धेरै मानिसहरुले आफ्नो जीवनको अन्त्य गरिसकेका छन् । यो जंगलमा ‘मृत्युको कथा’ मा एक फिल्म ‘द फरेस्ट’ समेत बनेको छ । यो फिल्म सन् २०१६ मा रिलिज भएको थियो ओकिगाहारा जंगलमा आत्महत्या रोक्नका लागि प्रशासनले समेत केही प्रयासहरु गरिरहेको छ । जंगल पस्ने बेलामा नै एक सूचना राखिएको छ । जसमा लेखिएको छ, ‘एक पटक फेरि तपाईलाई प्राप्त जीवनका बारेमा सोच्नुहोस्, आफ्ना आमाबाबु, आफ्ना भाई बहिनीका बारेमा सोच्नुहोस् । सबथोक एक्लै सहनुभन्दा अघि कसैलाई सम्पर्क गर्नुहोस् ।’ सो सूचनामा सहयोग पाउनका लागि फोन नम्बर समेत लेखिएको छ जापानका मानिसहरु एक कथाबाट प्रेरित भएर यो जंगलमा ज्यान दिन आउछन् । सेइचो माट्सुमोटोको कथा ‘कुरोई जुकाई’ (द ब्ल्याक सी अब ट्रिज) १९६० मा छापिएको थियो । यो कथाको अन्त्यमा एक प्रेम जोडी ओकिगाहारा जंगलमा आएर ज्यान दिन्छन् केही मानिसहरुका अनुुसार ज्यान दिने यो जंगलको प्रयोग गर्ने परम्परा १९ औं शताब्दीको ‘उबासुते प्रथा’ बाट आएको मान्छन् । यो प्रथाका अनुसार अकालको समयमा इच्छामृत्युका लागि वृद्ध मानिसहरुलाई जंगलमा छाडिन्थ्यो यहाँ सम्म कि १९९३ मा आएको एक किताब ‘द कम्प्लिट हेन्डबुक अफ सुसाइड’ मा ओकिगाहारालाई ‘मृत्युका लागि उत्कृष्ट स्थान’ बताइएको छ । यो किताबमा झुण्डिएर मर्नुलाई ‘वर्क अफ आर्ट’ भनिएको छ । यो किताब लाखौं प्रति बिक्री भयो र पछि यो किताब जापानमा प्रतिबन्ध लगाइयो पुरै संसारमा करिब आठ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी आत्महत्या गर्नेको देशमा पाँच देशमा जापान समेत सामेल छ । सन् २०१५ मा जापानमा आत्महत्याको दर विकासशील देशको भन्दा बढी थियो टोकियोको टेम्पल युनिभरसिटीका मनोवैज्ञानिक वतरु निशिदा भन्छन्, ‘एक्लोपन, डिप्रेशन आत्महत्याको मुख्य कारण हो ।’ केही विशेषज्ञले जापानमा वृद्ध मानिसको धेरैजसो मृत्यु आत्महत्या हुनसक्ने बताउँछन् वतरु निशिदा भन्छन्, ‘एक्लै बस्ने वृद्ध मानिसहरुको मृत्युका घटनाहरु बढिरहेका छन् । उनीहरुकाम छोराछोरी यसलाई नजरअन्दाज गर्दछन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया