सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्र नै चुनौतिमा छः गभर्नर नेपाल

लोकपथ संवाददाता
0
Shares
Nepal Rastra Bank (NRB) Governor Chiranjibi Nepal makes the monetary policy public for the fiscal year 2016/17, in Kathmandu, on Thursday, July 14, 2016. Photo: RSS

काठमाडौं । नेपाल राष्ट्रबैकका गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौति थपेको भन्दै संवेदनशील हुन संचारक्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभा एंव अधिवेशनलाई शनिबार सम्बोधन गर्दे गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सुचनाले भ्रम श्रृजना गराउने काम भईरहेको बताउनुभएको हो । सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जादा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उहाँले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपुर्ण रहेको बताउनुभयो । उहाँले समाजिक सरोकार तथा हितहुने र सरकारको नीतिमा परिर्वतन आउने खालका समाचारलाई पत्रकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली संचारजगत अझै पनि अत्याधुनिक सुचना प्रविधि संग प्रतिष्पर्धी बन्न नसकेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा सेजनका पुर्व अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिलाई नियन्त्रणमा लिएको अवस्थामा जनताको हितका लागि लड्ने संस्थाको रुपमा रहेको पत्रकारको भुमिका भने अपेक्षित बलियो हुन नसकेको टिप्पणी गर्नुभयो ।

अधिवेशनले आगामी २ बर्षका लागि सेजनको नया नेतृत्व चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?