भारी गोल अन्तरले नेपाललाई पराजित गर्दै भारत बन्यो च्याम्पियन

काठमाडौं । साफ यू–१५ फुटबल प्रतियोगितामा नेपाललाई फाइनलमा पराजित गर्दै आयोजक भारतले पाचौं संस्करणको उपाधि जितेको छ । कल्याणीमा आज शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको हो । योसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधि जित्नबाट बञ्चित भयो । भारतले भने तेस्रो पटक उपाधि जित्न सफल रह्यो ।

यसअघि भारत सन् २०१३/२०१७ मा च्याम्पियन बनेको थियो । भारतले दुबैपटक उपाधि हात पार्दा नेपाल दोस्रो भएको हो ।

भारतको उपाधि यात्रामा सिद्वार्थले ह्याट्रिक गर्नुभया । यस्तै, महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह हिमांश जंग्राले एक एक गोल गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?