वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत गर्न लागिपरेको कांग्रेस युवा नेता पौडेलको आरोप

बैतडी । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकार झुटा आश्वासन बाड्नमै सीमित रहेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीमा शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्दीय सदस्य समेत रहनुभएका नेता पौडेलले सरकार गठन भएको १८ महिना बितिसक्दा पनि नयाँ काम शुरु नभएको टिप्पणी गर्नुभयो ।

देशमा समृद्धि ल्याउनका लागि काम गर्नुपर्ने उल्लेख गर्दै नेता पौडेलले दुई तिहाइको वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्न लागेको आरोप लगाउनुभयो । ‘सुन काण्ड, बालुवाटार जग्गा प्रकरण, वाइडबडी, मेलम्ची, बुढीगण्डकी यी सबै काण्डमा हेर्नुहोस सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ’, उहाँले भन्नुभयो, ‘यो सरकारको कथनी र करणीमा भिन्नता छ।’

फरक प्रसङ्गमा नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्नु संविधान विपरीत भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?