काठमाडौं । राप्रपा (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठन (संयुक्त) ले गौहत्यामा गंभीर ध्यानाकर्षण भएको भन्दै दोषी उपर कारवाहीको माग गरेको छ ।
नियतवश गरिएको सामुहिक गौहत्याको तत्काल छानविन गरी कडाभन्दा कडा कारवाहीको माग राप्रविसं (संयुक्त) ले सार्वजिनक गरेको छ ।
‘दोषी जोसुकै भए पनि आवश्यक छानविन गरी कानुनको दायरामा ल्याइनु पर्दछ । सरकारले तत्कालै कारवाही नगरेमा राष्ट्रिय अस्मिता जोगाउन हामी जस्तोसुकै कदम उठाउन पनि तयार छौं । यस्तो बाध्यात्मक कदमबाट उत्पन्न परिस्थितिको सरकार स्वयम जिम्मेवार हुनु पर्नेछ,’ राप्रविसं (संयुक्त) का अध्यक्ष धनसुर शाहीले भने ।
नेपालगंजबाट दैलेख लैजाने क्रममा १५० गाईमध्ये सुर्खेतको कटुवा जंगलमा २३ वटा गाई मृत भेटिएका थियो ।
संगठनका महासचिव विजय काफ्लेद्वारा शनिबार प्रेसित विज्ञप्तिमा भनिएको छ, ‘हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकै ठाउँमा त्यति ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया