लोक स्टारले पायो टप १० प्रतिस्पर्धी

appharu
0
Shares

काठमाडौं । नेपाली मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’ ले टप १० प्राप्त गरेको छ । टप २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’ मा प्रतिस्पर्धीको निर्णय भइरहेको छ ।

लोक स्टारको विजेताले करसहित नगद ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

लोक स्टारको निर्णायकमा जयनन्द लामा, बिबि अनुरागी, सुनिता दुलाल र रामजी खाँड छन् ।
टप १० मा पर्न सफल प्रतिस्पर्धीमा रामकुमार नेपाली, रविराज शाह, मुना अर्याल, पविन्द्र सुनार, शनी विश्वकर्मा, विनोद दनुवार, दीपेन्द्र राई, सुशील आचार्य, प्रभुराज पाण्डे र चेतन गोतामे रहेका छन् ।

गएको अंकबाट भीम नेपाली आउँट भएसंगै नेपाल लोक स्टारले टप १० पैतिस्पर्धी पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?