युभेन्ट्सको कठिन जितमा नापोली जिल्ल

एजेन्सी । ईटालियन सिरि ए अन्तर्गत भएको खेलमा युभेन्ट्सले नापोलीलाई हराएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले नापोलीलाई ४-३ अन्तरको गोलले हराएको हो ।

खेलको १६ औ मिनेटमा ड्यानिलोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । १९ औ मिनेटमा गोन्जालो हिग्युनले अग्रतालाई दोब्बर बनाए । ६२ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई ३-० को स्थितीमा पुर्याएका थिए ।

लगातार तीन गोल गर्दै नापोलीले खेललाई बराबरीमा पुर्याएको थियो ।

६६ औ मिनेटमा कोस्टास मानोलसले नापोलीका लागि पहिलो गोल गरे । हिर्भिङ लोजानोले ६८ औ मिनेटमा गोल गर्दै खेललाई ३-२ को स्थितीमा पुर्राएका थिए । ८१ औ मिनेटमा जियोवन्नी डी लोरेन्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

तर खेलको ईन्जुरी समयमा नापोलीका कालिदौ कोलीबालीले आत्मघाती गोल गरेपछि युभेन्ट्सले खेलमा विजयी बन्यो ।

रोमाञ्चक खेलमा युभेन्ट्स स्पष्ट ३ अंक जोड्न सफल बन्यो । पछिल्ला ८ उपाधि जितेको युभेन्ट्सका लागि म्याथिज डी लिटले नापोलीविरुद्वको खेलमा डेब्यु गरेका थिए ।

शीर्ष स्थानको युभेन्ट्सले २ खेलबाट ६ अंक जोडेको छ । नापोली ३ अंक सहित आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?