प्रिमियर लिग: बर्नलीलाई स्तब्ध बनाउँदै लिभरपुल शीर्ष स्थानमा

एजेन्सी । प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा लिभरपुलले जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बर्नलीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले जित हात पारेको हो ।

लिभरपुलको जितमा साडियो माने र रोबर्टो फिर्मिन्होले समान एक एक गोल गरे । उपहार स्वरूप लिभरपुलले एक आत्मघाती गोल पाएको थियो । बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेका थिए ।

लिभरपुलले खेलमा आत्मघाती गोलबाट अग्रता बानाएको थियो । खेलको ३३ औं मिनेटमा वुडले आत्मघाती गोल गर्दा लिभरपुल १-० ले अघि रह्यो । ३७ औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २-० ले अघि रह्यो ।

दोस्रो हाफमा लिभरपुलले थप एक गोल गर्यो । खेलको ८० औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए । योसँगै फिर्मिन्हो प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो ब्राजिलियन खेलाडी बनेका छन् ।

यो जितसँगै लिभरपुलले लिगमा लगातार १३ खेलमा जित निकालेको छ ।

जितसँगै लिभरपुलले ४ खेलबाट १२ अंक जोडेको छ । र, लिभरपुल शीर्ष स्थानमा रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २ अंकले अघि रहेको छ ।

पराजित बर्नली ४ खेलबाट ४ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?