२१ हजारले लाईक गरेको रवि लामिछानेको एक जरुरी टिप्पणी:कति दु:ख दिनुहुन्छ ?

appharu
0
Shares

न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता पकार रवि लामिछानेले एक अनलाईन पोर्टलमा प्रकाशित भएको आफ्नो समाचारको विषयमा एक पेज लामो स्टाटस लेख्नुभएको छ । उहाँको कुरामा सहमत हुँदै २१ हजार जनाले लाईक गरेका छन् । सामाचारमा आफूलाई एकपल्ट पनि नसोधी आफ्नो नाम राखेको तथा सम्बन्धविच्छेद भएसकेको पत्नीको कुरा जोडेर आफूलाई हतोत्सायित गर्न खोजेको उहाँको भनाई छ । यो समाचार तयार पार्दासम्म यो स्टाटसमा ४४ सय कमेन्ट र २४ सय सेयर भएको छ ।

पत्रकार रवि लामिछाने आफ्नो छुट्टै पहिचान बनाउनुभएका पत्रकार हुनुहुन्छ । लामो समय अमेरीका बसाई पछि देशको सेवा गर्ने भावले नेपाल फर्किएर पत्रकारिता क्षेत्रमा उदाउनुभएका चम्किला नक्षत्र उहाँको नाम नसुन्ने कमै नेपाली होलान् । नेपाली पत्रकारितामा नौलो प्रयोग गर्नुभएका लामिछानेका विरुद्ध स्वयम् केहि पत्रकार खरो रुपमा उत्रिएका छन् । जसका कारण उहाँ कहिले सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमबाट हट्नुपर्यो । त्यसपछि न्यूज २४ बाट निरन्तर आइरहेको कार्यक्रम सिधा कुरा जनतासँगमा उहाँको प्रस्तुतीलाई लिएर पत्रकार नेता र केहि सिमित स्वार्थ बोकेका समुहले उहाँलाई निरन्तर अप्ठेरोमा पारिरहे । शृंखला त्यतिमा सकिएन । विभिन्न आरोप र उहाँको व्यक्तिगत कुरालाई कोट्याउन गिजोल्न र फाईदा लुट्न मिडिया भनिने र पत्रकार भनिएकाले पस्किएका समाचार तथा मिडिया सामाग्रीबाट जनताले धारणा बनाए । यतिसम्मकी रवि लामिछानेले ४ वटी विवाह गरे । यसो गरे उसो गरे, जेठी श्रीमतीको विलाप यसो उसो भन्दै । यस्तो वेतुकको कुरामा न उहाँको भनाई कतै राखिएको छ न उहाँलाई सम्पर्कनै गरिएको छ । आफ्नो पत्रकारिता पेशा मर्यादित व्यवसायिक बनाउन चुकेकाहरुका कारण रवि लामिछाने बारम्बार विभिन्न आरोप र शृंखलाबद्ध हेपाई खानुपर्यो । केहि दिन अघि उहाँलाई पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै कार्यालयबाट नै प्रेस स्वतन्त्रता हनन हुने गरी प्रहरीले पक्राउ गर्यो । जबकी पुडासैनीले मर्नुअघि रेकर्ड गरिएको भनिएको भिडियोमा रवि लामिछानेले आफूलाई फसाउन खोजेको भन्दै उनी सहित पत्रकार यूवराज र प्रेमिका भन्दै रुकु भनिने अस्मिता कार्कीको नाम पोलेको भिडियो भाईरल भएपछि रवि आफैले स्टाटस राख्नुभएको थियो मरेर जाने गईहाले म जिउँदै छु ।

अनुसन्धानमा सघाउँछु । अनुसन्धानको लागि प्रहरीले रातारात उनीहरुलाई चितवन पुर्याएको थियो । बेचिएका चेलीको उद्धार, काममा गएकाहरुले खेप्नुपरेको श्रम शोषण, अपमान, लुट, अन्याय, अत्याचार आश्रममा भएका अराजक गतिवीधि वैदेशीक रोजगारीम गएकाहरुका पिडा बेदना व्यथा तथा हिंसा, लुटतन्त्रको विरुद्ध, तथा वर्तमान राजनीतिले समाजमा पारेको प्रभाव लगायतको विषयमा सशक्त र खरो रुपमा बोल्दै आएका उनी र उनको टिम स्वयम् १० रुपैयामा चिया खान अर्काको पसल ढुक्ने सो कल्ड पत्रकार भनिनेहरुको घोचपेच, दाउ तथा भ्रामक समाचार बन्न पुगे । यो कुरा उनले केहि समय अघि हिरासतबाटै एक व्यक्ति सँग गरेको कुराकानीबाट प्रष्ट हुन्छ । महानायक राजेश हमालको विरोध नहुने आफूले फरकधारको पत्रकारिता गर्दा स्वयम् पत्रकारले नपचाउनको कारण आफ्नो गुमनाम पत्रकारिता देखेर नै हो भन्ने आशको उहाँको आशय थियो । त्यहिबाट थाहा हुन्छ सिधा कुरा जनतासँग गर्दा उहाँले खेप्नुपरेको सास्ती । उहाँलाई पक्राउ गरेपछि देखिएको त्यो भिड भेला र स्वस्फूर्त रुपमा नागरिकहरु सडकमा उर्लेर स्वतन्त्र छानबिनको माग गर्दाको अवस्था । किनकी यसअघि पनि यो वा त्यो कारण पत्रकार पक्राउ परेका थिए तर उनीहरुके लागि यसरी जनसागर उर्लेको थिएन ।
फेरी अनलाईन खबर डटकमले उनको विरुद्धमा अमेरीकामा डिभोर्स भइसकेकी उनकी पत्नी ईशाको भनाई भन्दै लामो आर्टिकल पब्लिस गरिसकेपछि उहाँले सामाजिक सञ्जाल फेसबुमा लामो स्टाटस लेख्दै आफ्नो व्यवसायिक जीवन र आफ्ना कार्यक्रममाथि टिकाटिप्पणी गर्न सुझाउँदै लेख्नुभएको छ ।

‘एक जरुरी टिप्पणी
अन्लाईन खबर डट कम बारम्बार मेरो बितेको कुरा कोट्याउछ। कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ,कहिले छोरिहरुलाई हेरेन भन्छ। न म सङ वास्तविकता सोध्छ। एकोहोरो आरोप छाप्छ। बितिसकेको जीवन बारे मैले आजिवन जवाफ दिएर बस्नेरु सम्पादक अरुण बराल जी, मलाई थाहा छ, तपाईं जनाआस्था बाट पत्रकारिता गर्न शुरु गर्नु भएको ब्यक्ती हो।तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान। के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो ररुमैले ईशाजीलाई कति पैसा कसरी उपलब्ध गराए, मैले दिएको पैसा घरको किस्ता तिर्न प्रयोग भयो कि अन्यत्र प्रयोग भयो भन्ने कुरा मलाई सोध्नुस न।हिजो राती सम्मपनि म मेरि छोरी सङ कुरा गरि रहेको छु। ईशाका दाइसङ २ हप्ता अघि भेटेकै छु। मेरो जिम्मेवारी मलाई थाहा छ, बहुत राम्ररी। भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बेईज्जती गर्दैन। समस्या भए सल्लाहमा घरमै टुङ्गो लगाउछ। म हिरासतमा हुँदा ईशा जी केही पत्रकाकारहरुलाई मेरो विरुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो,आज फेरि किन रङ फेर्नु भएको हो उहाले थाहा छैन। सायद केहि वाह वाही को लोभ लागेर हुन सक्ला।ईशाजी हिजो पनि आफ्नै दुनियाँमा खुशी हुनु हुन्थ्यो आजपनि उहाँ अमेरिकामा आफ्नै दुनियाँमा रमाइरहनु भएको छ।अरुण जीको अन्लाईन खबरले आज अमेरिकाको घरको पैसा तिरेन भनेर समाचार लेखेछ,पहिलापनि चौथो सम्बन्ध भनेर हेडलाईन बनाएको थियो।कस्को कति वटा सम्बन्ध भनेर गन्ने इक्छा भए मलाई भेट्नु होला सम्पादक ज्यु,जिब्रो टोकेर फर्किनु हुनेछ। कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन। अब यहि खबरमा थप मसला हालेर नागरिकको शुक्रवार भन्नेले लेख्छ। त्यसपछि उहाँहरुको नेट्वोर्कका सारा अनलाइनमा जान्छ। यति धेरै किन पछि लाग्नु हुन्छरुतपाईको सम्पादकिय क्षमता मेरा विरुद्ध नै खर्चने हो आजीवनरुअब यस्को जवाफ कति कुशलताका साथ लेख्नु हुन्छ होला।अनि यति भनेकोमा मैले कुन आपत बेहोर्नु पर्ने हो, त्यो थाहा छैन।अर्को कुरा,भावनात्मक नाता नमरेको भए आफ्ना सन्तानका बाबू हिरासत बाट छुट्ना साथ केहीले उचाल्दैमा बदनाम गराउनु पर्ने के हतारो आइलाग्यो ईशाजी लाईरु के यी सब कुराका लागि उपयुक्त मौका यहि थियोरुमैले गलत गरे कानुन छैनरु छोरीहरुको अधिकार समेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सुरक्षित गर्न कानुनी बाटोको खोजी भैरहेको मात्र हो जुन कुरा उहाँलाई,उहाँका दाईलाई र मेरा छोरिहरुलाई थाहा छ। कानुनी रुपम टुङ्गो लागेको सम्बन्धलाई पटक पटक उचालेर आफ्ना गुरु खुशी पार्ने काम बन्द गर्नुस अरुण बराल जी।कार्यक्रम निर्माणमा गल्ती भए,कन्टेन्टमा कुरा गरौ। पारपाचुके भैसकेकी महिलालाई उचाल्न बन्द गरौ र महिलाले पनि मिडिया बाजी बन्द गरौ। वास्तविकता त्यो होइन जुन भनियो र लेखियो।हैरान गर्नेपनि सिमा हुन्छ। कोहि देश भरी मुद्धा हाल्ने अभियानमा लाग्ने,कोहि पुराना कुरा उचाल्ने११ सरहरुको अरु काम छैन होला,तर प्लिज मलाई यति धेरै दुख नदिनुस। हामी सबै आ आफ्नो संसारमा खुशी छौ। ईशा जी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु, छोरिहरु सङ प्राय हरेक दिन कुरा हुन्छ। तपाईंलाई चाहिँ अब के चाहियो।म आज बाट कार्यक्रम शुरु गर्दैछु। त्यसमा चाहिँ केही भए लेख्नु होला। नत्र पुराना र टुंगो लागेका मुद्दा उठाएर कायरताको उदाहरण नदेखाउनु होला। यो अपिल ईशा जी,अरुण जी लगायतका जीहरुलाई । धन्यवाद। ”

आफ्नो अधिकारको प्रयोग गर्दा कतै अरुको अधिकारको हनन भएको छ कि सोचौँ ।

यो समाचार पढ्नुभएको थियो ? यो समाचारमा प्रयोग गरिएको तस्वीर उनैको सामाजिक सञ्जालबाट

रवि लामिछाने हिरासत मुक्त भएपछिको पहिलो सिधाकुरा (भिडियो सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?