यसरी निकाले चिनियाँ ह्याकरले नेपाली बैंकबाट डेढ करोड रूपैयाँ, एकै रातमा अरबौं झिक्ने योजना

नेपाली बैंक ह्याकरको निशानमा

काठमाडौं । एकै रातमा काठमाडौंका विभिन्न बैंकका एटिएम बुथबाट अर्बौं रकम झिक्ने योजनासहित नेपाल प्रवेश गरेका चिनियाँ नागरिकको योजना नेपाल प्रहरीले असफल पारेको छ । भदौ १३ गते शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेको ५ सदस्यीय चिनियाँ टोलीले ४ दिनको अवधिमा काठमाडौंका विभिन्न बैंकका एटिएम बुथबाट अर्बौं रकम झिक्ने योजना बनाएको थियो । तर, नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । यद्यपि उनिहरुले नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट झण्डै डेढ करोड रुपैयाँ भने झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

ह्याकरको समुह यसरी परेको थियो प्रहरी जालमाः

साविकको रकम झिक्ने फ्रिक्वेन्सीभन्दा निकै चाँडो रकम झिकेपछि शंका लागेर बैंकका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले दरबारर्माास्थित नविल बैंकको एटीएमबाट एकजना चिनीयाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेका चिनियाँ नागरिकसँगको बयानका क्रममा उनले आफ्नो साथमा अन्य चार जना पनि रहेको जनाएका थिए । उनैको बयानका आधारमा दरबारमार्ग, कमलपोखरी र र्सोहखुट्टेबाट खटिएको प्रहरी टोलीले अन्य चारजनालाई हात्तिसारस्थित माया मनोहर बुटिकको कोठा नं. २०१, ६०२ र ६०४ बाट पक्राउ गर्न सफल भयो ।

के–के बोकेका थिए ह्याकरले ?

उनीहरुको साथबाट एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, यूएस नौ हजार एक सय आठ, चिनीयाँ मुद्रा १ हजार १ सय ११, यूरो दुई सय पचास, कम्बोडियन पाँच हजार, हङकङ डलर ८० सहित एटिएमबाट रकम झिक्न प्रयोग गरिने सामग्रीहरु नक्कली भिसा १३२ थान, सक्कली भिसा १७ थान, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाइल ६ थान, ल्यापटप एक थान र डाटा कार्ड एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।

को–को थिए ह्यकरहरुको समुहमा ?

पक्राउ पर्नेमा लीङ ज्यामिङ (पासपोर्ट नम्बर – E32377713), लुओ ज्यालिप (पासपोर्ट नम्बर – E095526374), झु लियाङग्याङ् (पासपोर्ट नम्बर – Ec1937558), क्यू योङसिङ् (पासपोर्ट नम्बर – EH0277650) र सेन बिनबिन (पासपोर्ट नम्बर – E89056825) रहेका छन् ।

प्रहरीका अनुसार, भदौ १३ गते शुक्रबार नेपाल आएका उनीहरुले भदौ १६ गते सोमबार फर्निने योजना बनाएका थिए ।

उनीहरुले बैंकको खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको छ ।

यो पनि पढ्नुहोस्ः

एटिएम ह्याक गर्ने चिनियाँ नागरिक सार्वजनिक, योजनावद्ध ढंगले ४ दिनका लागि मात्र काठमाडौँ आएको खुलासा

ह्याकरको निशानामा नेपाली बैंक, राष्ट्र बैंक भन्छः नागरिकको खातामा कुनै असर पर्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?