भोलि सार्वजनिक विदा

काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार सार्वजनिक विदा दिने भएको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले विदाको घोषणा गरेको हो ।

महिलाहरुले गर्ने हरितालिका तिज पतिको लागि गर्छिन् भने चौठचन्द पर्व सन्तानको दिर्घायू, परिवारको सुखी दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइदैँ आइरहेको छ ।

गणेश चतुर्थी अर्थात चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार विदा दिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?