प्रतिवेदन कार्यान्वयन गरिने

appharu
0
Shares
फाइल फोटो

सरकारले सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठूला भवनका सम्बन्धमा अध्ययन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लैजाने भएको छ । आईतबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गृह सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, ससस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीलगायतको उपस्थितिमा बैठक बसेको थियो ।

सुरक्षा संवेदनशील क्षेत्रमा बनेका ठूला भवनका सम्बन्धमा अध्ययन गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको संयोजकत्वमा बनेको समितिले आज मन्त्रालयलाई उक्त प्रतिवेदन बुझाएको छ ।

समितिले सिंहदरबार, कारागार, राष्ट्रपति कार्यालयलगायत सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा निश्चित मापदण्ड अपनाएर भवन बनाउनुपर्ने सुझाव दिएको छ ।

अध्ययन समितिले राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेको ‘सिइ रियलस्टेट’ र सिंहदरबारको दक्षिण ढोका अगाडिको ‘इमिरो प्लाजा’ सुरक्षाका दृष्टिले उपयुक्त नदेखिएकाले अधिग्रहण गर्नुपर्ने सुझाव दिएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?