तिज प्रतियोगिताको उपाधि सगरमाथालाई, धर्म संस्कृतिको संरक्षण अहिलेको आवश्यकता : मन्त्री मोहम्मद इश्तियाक

appharu
0
Shares

नेपालगञ्ज । नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तिज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले रु ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ ।

प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो भएको छ । दोस्रो र तेस्रो हुने समूहले क्रमशः नगद रु २५ हजार र रु १० हजारसहित प्रमाणपत्र र पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको सान्त्वना पुरस्कार सृष्टि समूह बाँके र प्रोत्साहन पुरस्कार नारी उत्थान केन्द्र खजुरालाई प्रदान गरिएको छ । ग्राण्ड फिनालेमा बाँके र बर्दियाका २८ समूहको सहभागिता थियो ।

नेपालगञ्जको कृष्णसार एफएमले आयोजना गरेको प्रतियोगिता समापन समारोहमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले विजेता टिमलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा मन्त्री राईले धर्म संस्कृतिको जर्गेना र संरक्षण अहिलेको आवश्यकता भएको बताउँदै यसका लागि सबै पक्ष जागरुक हुनुपर्छ भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?