चितवनमा दुई पुरुषको शव फेला

काठमाडौं । चितवनको छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२ आँपटारीमा अन्दाजी २७ वर्षका एक युवाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यस्तै आइतबार पूर्वी चितवनको कालिका नगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने नमस्तेचोकमा एक पुरुषको शव फेला परेको छ । सनाखत हुन नसकेका अन्दाजी ६५ वर्षीय वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?