एटीएमबाट रकम निकाली भागेका २ जनाबारे प्रहरीले थाहा पायो यस्तो तथ्य

appharu
0
Shares
तस्वीरः गुगल

काठमाडौँ– नबिल बैंकको एटीएमबाट रकम निकाल्ने चिनियाँ नागरिकमध्ये भागेका २ जनाबारे प्रहरीले थप तथ्य फेला पारेको छ ।
प्रहरीले शनिबार एटीएमबाट रकम निकाल्ने ५ जनालाई पक्राउ गरेको थियो भने सो समूहका अन्य तीन जना भागेका थिए । प्रहरी अधिकारीका अनुसार ति भगौडाको बारेमा प्रहरीले अनुसन्धानमा सघाउने नयाँ प्रमाण जुटाएको हो ।
भागेकाहरुमध्ये २ जनाले काठमाडौको डेक्सो मनि चेन्जरबाट २९ लाख रुपैयाँ साटेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौले यसबारे थप अनुसन्धान भइरहेको बताए ।
भागेकामध्ये एक जनालाई प्रहरीले सोमबार विमानस्थलबाट पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?