अवैध रुपमा डेढ बिगाह जग्गामा लगाएको गाँजा खेती नष्ट

मकवानपुर । राक्सिराङ गाउँपालिका-३ लावतीस्थित १.५ बिगाह जग्गामा अवैध रुपमा लगाएको गाँजाका बोटहरु तथा १ कठ्ठा जग्गामा लगाएको गाँजाका विरुवा आइतबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले समुदाय(प्रहरी साझेदारी अन्तर्गतका समितिहरुसँगको सहकार्यमा उक्त गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको हो । सो अवसरमा लागूऔषध सेवन, उत्पादन र कारोबार विरुद्ध सचेतनामूलक पर्चा(पम्प्लेट समेत वितरण गरिएको थियो ।

गाँजा तथा अफिम फडानी एवं अवैध उत्पादन संचय तथा ओसारपसार नियन्त्रणको लागि विशेष अभियान संचालन गरी कार्यान्वयन गर्ने सन्दर्भमा उक्त गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?