पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जना युवकको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा खोलामा डुबेर एकजना युवकको मृत्यु भएको छ । तिरुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका वडानम्बर ४ का २० वर्षीय शैलेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

पौडी खेल्ने क्रममा आइतबार वेपत्ता भएका यादवको शव सोमबार हात्तीवनस्थित तुरिया खोलामा भेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?