रवि लामिछाने र अंगुर जिसीविरुद्ध हालिएको मुद्दा खारेज

appharu
0
Shares


न्यूज २४ को कार्यक्रम ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता पत्रकार रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध हालिएको अदालतको मानहानीको मुद्दा खारेज भएको छ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती अनुसन्धान गरेका डिएसपी जिसी र पत्रकार खेम भण्डारीसँग कार्यक्रम प्रस्तोता रवि लामिछानेले एक टिभी अन्तर्वार्ता गरेका थिए। उक्त अन्तर्वार्तामा आफूलाई अनपेक्षित व्यवहार गरेको भन्दै उनले आक्रोश पोखेका थिए ।

प्रमाण नष्ट गरेको र यातना दिएकोबारेको अभियोगमा जिल्ला अदालतमा कञ्चनपुरमा मुद्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजुले खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका थिए ।

खड्गसिंहले सुरुमा दिएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । पछि पुनः अर्को उजुरी दिएपछि दर्ता भएको थियो । आज सोही उजुरीमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय ठहर गरेको हो।

श्रेस्तेदार तथा जिल्ला अदालत कञ्चनपुरका प्रवक्ता वस्तीले भने, ‘न्यायाधीशको फैसलाले आज मैले गरकै निर्णय सदर गरेको छ। योसँगै उक्त मुद्दा खारेज भयो। ’पत्रकार भण्डारीको सल्लाहमा खड्गसिंहले रवि र जिसीविरुद्द मुद्दा हालेका थिए ।

सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रविविरुद्ध खेम भण्डारी आफैंले पनि प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?