६ सिजन रियल मड्रिडमा बिताएका नाभास पीएसजीमा

एजेन्सी । रियल मड्रिडका स्टार गोलकिपर केइलर नाभास फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन् ।

पीएसजीले नाभाससँग सोमबार सम्झौता गरेको छ । पीएसजीले नाभाससँग ४ वर्षको सम्झौता गरेको हो ।

कोस्टारिकाका गोलकिपर नाभासले रियलमा ६ सिजन बिताएका छन् । रियलमा नाभासले १०४ खेल खेलेका थिए ।

३२ वर्षे नाभासले रियलबाट ३ च्याम्पियन्स लिग, ४ क्लब विश्वकप, ३ स्पेनिस सुपर कप र ३ युईएफए सुपर कपको उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?