बालुवाटार जग्गा प्रकरण: अख्तियारले थप ५८ जनालाई बयानका लागि बोलायो

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा प्रकरणमा ५८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ ।

बुधबार अख्तियारले ५८ जनाकै नाम उल्लेख गरि सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ ।बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी जग्गा दुरुपयोग प्रकरण केही महिनादेखि चर्चामा छ । यसमा राजनीतिक दलका नेतादेखि उद्यमी तथा व्यापारीहरू जोडिएका छन् । यसबारे केही समयदेखि अख्तियारले छानबिन गरिरहेको छ । यसअघि पनि उसले विभिन्न जग्गा प्रकरणमा जोडिएका व्यक्तिलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो ।
हेर्नुहोस् अख्तियारद्वारा जारी गरिएको सूचना

तस्वीर: गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?