‘विप्लव’ को कार्यकर्ता भएकाे आरोपमा पक्राउ परेका पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको कार्यकर्ता भएको आरोपमा पक्राउ परेका पत्रकार ओम हमालको रिहाइको माग गर्दै पोखरामा धर्ना दिइएको छ । पत्रकार हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो ।

पत्रकारहरुले पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रह गरेका छन् । महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

विप्लव समूहको कार्यकर्ताको आरोपमा कास्कीको सिसुवाबाट गत भदौ ६ गते पक्राउ परेका हमाललाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेट नजिकैबाट प्रहरीले फेरि पक्राउ गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पत्रकार हमाल जनसञ्चार डट कम अनलाइनका सम्पादक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?