जब बर्दिवाला प्रहरीले कन्टेनर चालकलाई भुत्लाउँदै लात्ति बजारे (भिडियोसहित)

appharu
7
Shares


काठमाडौं – रसुवामा एक कन्टेनरका चालकमाथि नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारले भुत्लाउँदै अश्लिल गाली गरेको भिडियो बाहिरीएको छ ।
जाम खुलाउन गएका ति प्रहरीले चालकलाई तथानाम बोल्दै निर्घात कुटिरहेको भिडियोमा देख्न सकिन्छ । नेपाल चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङ रसुवाको टिमुरेमा कुटपिटमा परेका हुन् ।

टिमुरे सडकमा अव्यवस्थित रुपमा रोकिएका सवारी हटाउन पुगेको प्रहरीले कुटपिट गरेको हो ।
भिडियोमा देख्न सकिन्छ, दुई प्रहरी एक चालकलाई उसको कपालमा तान्दै लात्ति बजार्छन, र अश्लिल शब्द बोल्छन् । उपस्थित सर्वसाधारणले त्यसो नगर्नुस् भनेको पनि सुनिन्छ । तर प्रहरीले उल्टै गाली गर्दै कुटेका छन् । प्रहरीले किन हात हालेको ? भन्ने पनि सुनिन्छ ।


भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीको यो रवैयालाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना र विरोध भएको छ । भिडियो हजारौँले हेरिसकेका छन् ।
यसअघि पनि प्रहरीले काठमाडौको गोगबुमा एक जना असहायलाई निर्घात लाति र डण्डा बजारेको भिडियो सार्वजनिक भएको थियो । भिडियो र फोटो स्रोत सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?