मन्दिरमा राखिएको दानपेटिका नै चोरी !

काठमाडौं । बर्दियामा मन्दिरमा राखिएको दानपेटिका चोरी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

बाँसगढी नगरपालिका-५ मा रहेको केदारेश्वर धाम मन्दिरमा राखिएको दानपेटिका चोरीमा संलग्न २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाँसगढी नगरपालिका-३ उत्तर भकारी बस्ने १४ वर्षीय यम बहादुर थापा र सिही नगरपालिका-५ हापुर चोक बस्ने १३ वर्षीय अर्जुन शाही रहेका छन् ।
गत भदौ १४ गते राति उक्त मन्दिरमा राखिएको दानपेटिका चोरी भएको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?