चिठीमार्फत महिला धम्क्याउने पक्राउ: “२० लाखसहित बालाजु पुलमा आउनु,नत्र बम राखी उडाईदिन्छु”

काठमाडौं । ज्यान मार्ने धम्की दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नयाँबजार धारागल्ली बस्ने धादिङ वेनिघाट रोराङग गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्तोष कडेल रहेको प्रहरीले जनाएको छ ।

कडेलले नगद २० लाख रुपैयाँ माग गरी नदिएमा ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्कि दिएका थिए ।
स्यूचाटर नागार्जुन नगरपालीका-९ आदर्श नगरटोल बस्ने एकल महिलालाई चिठीमार्फत नगद २० लाख रुपैयाँ मंगलबार दिउँसो बालाजु पुलमा लिई आउनु भनि धम्कि दिएका थिए ।

उनले प्रहरी र आफन्तलाई जानकारी गराएमा तथा रकम नदिएमा छोरीलाई सिध्याई दिने र घरमा समेत बम राखी उडाई दिने धम्कि दिएको प्रहरीले जनाएको छ ।
धम्कीबारे सूचना प्राप्त भए पश्चात महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?