चाडपर्व लक्षित १४ स्थानमा नागरिक सहायता कक्ष

appharu
0
Shares

यातायात व्यवस्था विभागले दशैँ तिहारलगायतका चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सुविधाका लागि आगामी असोज १० गतेदेखि १४ स्थानमा नागरिक सहायता कक्ष खोल्ने भएको छ ।

यातायात व्यवस्था कार्यालयमा बुधबार विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच भएको बैठकमा नागरिकलाई सहज रुपमा गन्तव्यसम्म पुग्नका लागि अग्रीम टिकट खोल्नेलगायतका विषयमा छलफल भएको थियो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयलाई समेत नागरिक सहायता कक्ष सञ्चालन गर्नका लागि अनुरोध गर्दै पत्र लेखिने बताउनुभयो । व्यवसायीसँग अहिले रहेको सवारी साधनको सङ्ख्या, अवस्थाका बारेमा बुझिएको उहाँले बताउनुभयो ।

वैठकका क्रममा व्यवसायीले एक सातामा सबै विवरणसहित विभागमा आउने बताएका थिए । उहाँले भन्नुभयो, “आगामी सातामा उहाँहरुले विवरण ल्याएपछि नै अग्रीम टिकट खोल्नेलगायतका निर्णय हुनेछ ।” यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले वर्षाका कारण विभिन्न स्थानका सडक बिग्रीएकाले दशैँ अगाडि नै सडक विभागले बनाइसक्नु पर्नै बताउनुभयो ।

दशैँ, तिहारलगायतका चाडपर्वका समयमा सवारी साधनले यात्रु गाडीभरी लिएर गए पनि फर्कदा रित्तै फर्कनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मिडियाले त्यो नबुझी व्यवसायीले चाडपर्वका समयमा धेरै कमाउने गरेको भन्दै आरोप लगाउँछन् ।”

चाडपर्वका समयमा हुनसक्ने दुर्घटना न्यूनीकरण, अग्रीम टिकटलगायतका विषयमा विभागले सरोकारवाला निकायसँग नियमित छलफल गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?