काठमाडौं । नाटक टीका भाद्र २० गतेदेखि कुन्ज थियटर थापागाँउमा मंचन हुने भएको छ ।
भिमनिधि तिवारीको एकाङकि नाटक टीकामा आधारित भएर निर्माण गरिएको नाटकलाई ऐक्य हेभन अफ आर्टले निर्माण गरेको हो । नाटकमा दिलिप खड्काको लगानी रहेको छ । नाटकलाई संगित सापकोटाले निर्देशन गरेका छन् ।
नेपाली युवाहरु कामको लागी मुगलान जानुपर्ने बाध्यात्मक परिस्थिति र त्यसले निम्त्याउने पिडालाई निर्देशक सापकोटाले नाटकमा देखाउन खोजेका छन् । दशैँको रमाइलो वातावरणलाई मज्जाले प्रस्तुत गर्न लागेको उनले बताएका छन् ।
सापकोटाको यो तेश्रो निर्देशकिय नाटक हो । उनले यसअघि म्यारिज प्रपोजल र अन्धेरि नगरि चौपट राजा निर्देशन गरेका थिए । उनका अघिल्ला नाटकहरुलाई दर्शकले धेरै नै मन पराएका थिए । सापकोटाको प्राय नाटकहरुमा मिठो लाईभ संगित हुने गर्दछ । उनले यस नाटकमा पनि लाईभ संगितलाई बेजोड रुपमा तयार गरेका छन् ।
नाटक भाद्र २० गतेदेखि ३१ गतेसम्म बेलुकि साँढे ५ बजे बुधबार बाहेकका दिनहरुमा नियमित मंचन हुनेछ । नाटकमा श्रवण राणामगर, दिपेश काफ्ले, विनीता गुरुङ, सारदा अधिकारि, राजकमल फकिर, सविन भट्टराई, न्युहँज महर्जन, मणिराज पौडेल र आनन्द महतले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया