मेलम्ची खानेपानीको मुहानमा गोली चल्यो, दुईजना घाइते

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको मुहानमा आन्दोलनरत आपुर्तिकर्ता र मजदुरले ढुंगामुढा गरेको भन्दै सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ । भीडलाई नियन्त्रणमा लिन भन्दै गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको अम्बाथानमा आज दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको हो ।

इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेका अनुसार सुरक्षाकर्मीले उनीहरुमाथि रबरको गोली र अश्रुग्यास प्रहार गरेको हो ।
सशस्त्रको गोलीबाट दुईजना घाइते भएका मेलम्ची खानेपानी पीडित सङघर्ष समितिका सदस्य उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीका निर्माण सामग्रीहरु नयाँ कम्पनीले प्रयोग गरेको थाहा पाएपछि पीडितहरु मुहान क्षेत्रमा पुगेको र त्यही समयमा प्रहरीले आफूहरुमाथि गोली चलाएको श्रेष्ठले भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?