काठमाडौं। अनेरास्ववियूले आफ्नो संगठनका संयोजक ऐन महरसहितको टोलीलाई ज्यादतीपुर्ण ढंगले कुटपिट गरेकोमा घटना संलग्न प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका छन्।
आज अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले गृहमन्त्री रामवहादुर थापालाई भेटी ध्यानाकर्षण गराएको हो ।
वुधवार एमविविएसको प्रवेश परीक्षा प्रकरणमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई भेट्न पुगेका अनेरास्ववियूका संयोजक ऐन महर, सुदेश पराजुली ,समिक वडाल लगायतलाई प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरि घाइते बनाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया