महिला हिंसाविरुद्ध सरकार क्रियाशील छः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जघन्य अपराधका घटना हुन नदिन सरकार सचेत रहेको बताउनुभएको छ । मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको दावी गर्नुभयो ।

नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन निर्माण गरेर, महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?